चेपाङ बस्तीमा राेटर्याक्टकाे स्वास्थ्य शिविर, ११२ ले लिए सेवा

दमाैली : रोट¥याक्ट क्लव अफ दमौलीले तनहुँको व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा  स्वास्थ्य शिविर गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लवले आज निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ए वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोट¥याक्ट त्रिभुवन युनिभर्सिटीको प्राविधिक सहयोग रहेको थियो ।

स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोट¥याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज विमलीले जानकारी दिए।

शिविरबाट चेपाङ बस्तीका एक सय १२ जना लाभाविन्त भएका छन् । सो अवसरमा जनरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दाँत सम्बन्धी विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी प्रदान गरिएको थियो । साथै शिविरमा निःशुल्क मधुमेह परीक्षण र रक्तसमूह पहिचान गरिएको विमलीले जानकारी दिए।

क्लबले एक घर, एक फस्र्ट एड किट अभियान अन्तर्गत ४६ परिवारलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले जानकारी दिए। चेपाङ परिवार, एक विद्यालय र स्थानीय चर्चलाई प्राथमिक उपचार किट सहयोग गरिएको पौडेलले बताए।

शिविरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले चेपाङ समुदाय चेतनाको स्तरमा धेरै पछाडी रहेकाले उनीहरुको स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?