दमौली : नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ ले २८ औँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । जिल्ला कार्यसमिति तनहुँको स्थापना दिवसको सन्दर्भमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।
शुक्रवार आफ्नो स्थापना दिवसको पारे व्यास नगरपालिका -१० बैरेनीस्थित उज्यालो घरमा शैक्षिक सामग्री बितण र व्यास -३ रहेको तमुसार क्होइबोमा दिप प्रजलन गरि मनाएको जिल्ला अध्यक्ष मिलन तमुले जनाकारी दिए ।
वि.स २०५२ साल माघ २५ गते स्थापना भएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ ले विभिन्न चुनौति र संघर्षको मध्यमाबाट २४ औ बसन्त पर गरेको छ ।
तमू विद्यार्थीहरुको एक मात्र साझा संस्थ भएकोले सम्पुर्ण तमू विद्यार्थीलाई एकताबद्धा बनाएर निरन्तर लागि रहने उनको भनाई छ ।
जिल्ला कार्यसमिति काठमाडौँको अध्यक्ष मिलन तमूको अध्यक्षतमा भएको कार्यक्रममा माओ संस्थको प्रतिनिधि तथा पुर्व विद्यार्थी नेताहरुको सहभागी रहेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?