क्यानडाविरुद्ध नेपाल ४ विकेटले विजयी

काठमाडौं : क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल नेपालले ४ विकेटले जितेको छ।

शनिबार सम्पन्न खेलमा सुरुमा ब्याटिङ गरेको क्यानडाले २८५ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा २८७ रन बनाएको थियो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए। उनले १०१ बल खेलेका थिए।

त्यस्तै, देव खनालले ७६, अनिल साहले ५०, भीम सार्कीले २३, पवन सर्राफले १४ बनाएका थिए।

सिरिजको अघिल्लो खेल पनि नेपालले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?