नेप्से साढे १० अंकले घट्यो, चार अर्बको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक ०.५० प्रतिशतले घटेको छ । नेप्से १०.५० अंकले घटेर २०८५.८२ को विन्दुमा पुगेको छ ।

यस दिन एक करोड पाँच लाख ७१ हजार ११९ कित्ता सेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये तीनवटाको समूहगत सूचक बढेको छ । १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?