काठमाडौं : क्यानडा विरुद्धको ३ दिने एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ। सोमबार भएको अन्तिम खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो। यसअघिका दुवै खेल नेपालले जितेको थियो।
अन्तिम खेलमा नेपालको जितका लागि ब्याट्सम्यान अनिलकुमार शाह र भीम सार्कीले शतक प्रहार गरे।
अनिलले ११६ बल खेल्दै शतक पूरा गरेका हुन् भने भीमले १२७ बलमा सय रन हानेका हुन्। अनिलले १२ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाए भने भीमले ११ चौका र १ छक्का हाने।
नेपालका अर्का ओपनर कुशल भुर्तेल भने भुर्तेल १४ बलमा १३ रन बनाउँदै आउट भए। भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे।
नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको थियो। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो।
१३३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ३३ बल बाँकी छँदै खेल जितेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?