सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं : स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा करोबार भएको छ ।

चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?