विश्व एड्स दिवसः एचआइभीबाट दिवङ्गतको सम्झनामा दीप प्रज्वलन

आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नारासहित ३४ औं विश्व एड्स दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी दमौलीमा मनाएको छ।

एड्स दिवसको अवसर परेर व्यास नगरपालिकाको आयोजनमा कम्युनिटि सपोट ग्रुप तनहुँ र  एकिकृत माहिला समुह तनहुँको पहलमा सदा झैं यो वर्ष पनि तनहुँको दमौलीमा दीप  प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ। एड्सका कारण दिवङ्गत भएकाहरुप्रति श्रद्धाञ्जली अभिव्यक्ति गर्न र एच आइ भि संक्रमण विरुद्ध जनचेतना सिर्जना गर्न ग्रुपले दीप  प्रज्वजलन गरेको हो।

कम्युनिटि सपोट ग्रुप तनहुँ अनुसार हाल सपोट ग्रुप तनहुँमा  एड्स संक्रमण तनहुँ जिल्ला  गोरखा, लमजुङ र नवलपुर जिल्लाको केहि भूभाग गरि ग्रुपमा  २० जना बालबालिका , २९५ जना व्यस्क गरि जम्मा ३१५ जना लाई समन्वय गर्दै आएको जानकारी दियो ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख , व्यास नगपालिका उपप्रमुख, लगायत जनसमुदायहरुको उपस्थित तहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?