दमौली : नेपालका प्रथम शहीद लखन थापा मगरको एक सय ४७ औं स्मृति दिवस दमौलीमा मनाइएको छ । बुधवार तनहुँको सदमुकाम दमौली स्थित प्रशासन चोकमा नेपाल मगर विद्यार्थी संघद्वारा दीप प्रज्वलन गरी स्मृति दिवस मनाएको हो।
२०७२ असोज ३ गतेको मन्त्रिपरिषदको बैठकले लखन थापालाई प्रथम शहीद घोषणा गरेको थियो । विक्रम संवत १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भंगारमा थापालाई फाँसी दिई हत्या गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक बुद्ध गर्जा मगर , आदिकवि भानुभक्त क्याम्पसका स्ववियु सचिव अनुप आले मगर, जिल्ला अध्यक्ष विनिता थापा मगर लगायतका विद्यार्थीहरुको उपस्थित रहेको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?