जेसिआइ व्यास नगरद्वारा सिद्धकालिका मन्दिर सरसफाई

दमौली : जेसिआइ व्यास नगरले ३०औँ स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र अवसरमा सोमबार एक मन्दिरलाई सरसफाई सामाग्री सहयोग गरेको छ । व्यास–१३ स्थित सिद्धकालिका मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि मन्दिरलाई कुचो, डस्टबिन लगायतका सफाई सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा व्यास–१३का वडाध्यक्ष बसन्त आलेले मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा सामग्री उपयोगी हुने बताए। साथै मन्दिर सार्वजनिक क्षेत्र भएकाले जथाभावि फोहोर नगर्न पनि उनले सबैलाई अनुरोध गरे ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुहरि सेढाईले सहयोग प्रति आभार व्यक्त गर्दै प्राप्त सामाग्रीको सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरी, नेपाली कांग्रेस वडा नं १३का सभापति रेशम बिक, वडा सदस्यहरु कमला घर्ती, हरिचन्द्र पन्थ, मधुमाया बिक, स्थानीय बिष्णु थापा, जेसिआइ व्यास नगरका पुर्व अध्यक्ष रमेश गिरी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?