म्याग्दे गाउँपालिकाले यसवर्ष नवप्रबर्द्धन युवा व्यवसायी सम्मेलन गर्ने

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले यसबर्ष नबप्रबर्द्धन युवा व्यवसायी सम्मेलन गर्ने भएको छ । गाउँपालिकाले स्थानिय आर्थिक विकास गर्न नबप्रबर्द्धन युवा व्यवसायी सम्मेलन २०८० आयोजना गर्ने भएको हो ।

युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

“म्याग्दे गाउँपालिका भित्र रहेका, उद्योगी, व्यवसायी, सिप मार्फत व्यवसाय गर्न उत्प्रेरित व्याक्ति तथा लगानी गर्न ईच्छुक व्यक्तिलाई आह्रवान गरि फागुनको अन्तिम सातासम्म सम्मेलन आयोजना गर्ने तयारी गरेका छौ ।” उनले भने ” नबप्रवद्र्धनमा आधारित स्थानिय आर्थिक विकास कार्यक्रम अन्तर्गत युवाहरुको चाहना र लक्ष्यलाई पुरा गर्ने मुख्य उदेश्य रहेको छ।,”

आईतवार बसेको गाउँ कार्यपालिकाको वैठकले सम्मेलन गर्ने निर्णय गरेको थियो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्मेलनवाट प्रतिस्पर्धि लाभको क्षेत्रको पहिचान स्वयं युवा व्यवयायिले गर्ने बताए । सम्मेलनवाट पहिचाहन भएपश्चात गाउँपालिकाले पहिलो पटक आयोजना गर्न लागेको नवप्रबर्द्धनमा आधारीत स्थानिय आर्थिक विकास कार्यक्रम प्रभाबकारी हुने उनले बताए ।

गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानिय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, स्थानिय उत्पादन, पुर्वाधार निर्माण, सिप बिकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण लगायतका विषय सम्मेलनमा छलफल हुने नवप्रवद्र्धन कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेले जानकारी दिए ।

स्थानिय क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्नु , स्थानिय क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आयमा बृद्धि गर्नु, उपलव्ध स्रोत साधनलाई निजीक्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानिय आर्थिक विकासमा पहिचाहन गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको फोकल पर्सन न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?