पोखरा : पोखरा महानगरपालिका-१८ ग्यारजातीमा रहेको बाल सुधार गृहमा झडप हुँदा तीनजना घाइते भएका छन् ।
खान खान लाइन बस्ने क्रममा झडप भएको र बागलुङ, स्याङ्जा र म्याग्दीका ३ युवा घाइते भएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्य रानाले जानकारी दिए । उनीहरूमध्ये २ जनाको टाउकोमा चोट लागेको छ ।
‘उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । अनुसन्धान भइरहेको छ । अन्य कारण केही खुलेको छैन,’ रानाले भने ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?