सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा दुई जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।

बाह्रविसेको श्यासाधुबाट आउँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेर नागपुजे नजिकैबाट ७० मिटर तल खोलामा खस्दा स्थानीय दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा चालक विक्रम थापासहित यात्रुहरु पुस्कर थापा,गोपाल थापा र खडगकुमारी श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको बाह्रविसे प्राथामीक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?