काठमाडौं : एक क्लिकमै जोसुकैको अकाउन्ट ह्याक हुने कमजोरी फेला पारेपछि मेटाले नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ता समिप अर्याललाई पहिलो र्याङ्कमा राखेको छ । साइबर सुरक्षाको क्षेत्रमा सबैभन्दा बढी प्राथमिकतामा पर्ने कमजोरी फेला पारेपछि मेटाले अर्याललाई शुक्रबार ह्वाइट ह्याक (हल अफ फेम)को पहिलो र्याङ्कमा राखेको हो ।
टेकपानासँग कुरा गर्दै अर्यालले फेसबुकमा ‘अकाउन्ट टेकओभर’ को कमजोरी फेला पारेको बताए । “मैले जसको पनि फेसबुक अकाउन्ट आफ्नो कब्जामा लिन सक्ने कमजोरी फेला पारेको थिएँ,” अर्यालले भने, “कुनै कुनै प्रयोगकर्ताको अकाउन्ट जेरो क्लिकमै कब्जामा लिन सक्थें भने बाँकी एक क्लिकमा कब्जामा लिन सक्थें ।”
उनी अहिले ह्याइट ह्याकरको शीर्ष स्थानमा भए पनि उनले भन्दा बढी स्कोर ल्याउने ह्याकर उक्त स्थानमा पर्न सक्छन् । त्यसैले अर्यालले २०२४ को अहिलेका लागि पहिलो स्थानमा परेको बताए ।
यसअघि पनि फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर फेसबुकलाई खबर गर्दै आएका अर्याल शीर्ष २७ औं स्थानमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?