पोखरा : गजल सन्ध्या पोखरा नेपालको अध्यक्षमा मन क्षेत्री निर्वाचित भएका छन् ।
संस्थाको १३ औं अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा कपिल शर्मा, सचिवमा उदीपराज ढुंगाना, सहसचिवमा सावित्री गिरी र कोषाध्यक्षमा विष्णु सुवेदी छन् ।
यसैगरी कार्यसमिति सदस्यमा लक्ष्मण तिमिल्सिना, माधव खतिवडा, शोभा लामिछाने, सागर अधिकारी र करणकपुर खनाल छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?