दमौली : नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विजय थापामगर सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनले विजय थापामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा ससिता थापामगर, सचिवमा रुद्र गरङ्जा मगर, सह–सचिवमा विनिता थापामगर र कोषाध्यक्षमा अमर थापामगर चयन भएका छन् ।
यस्तै सदस्यहरु विकास थापा मगर, साजन गर्जा मगर,सिर्जना राना मगर, ममता राना मगर, सफलता थापा मगर, उषा आले मगर, एलिना थापा मगर, सन्जय आले मगर, बिपना थापा मगर र सुनिता माकिम मगर चयन भएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?