दमौली : तनहुँको देवघाट गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिका अध्यक्ष तिल बहादुर थापाद्वारा जारी विज्ञप्तिमा पालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ ।
गाउँपालिका स्तरीय निर्णयअनुसार सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
मगर समुदायको सम्मानका लागि यसअघि पनि बिदा दिइँदै आएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?