दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले भोलि मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए।
विज्ञप्तिमा पालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ ।
मगर समुदायको सम्मानका लागि यसअघि पनि बिदा दिइँदै आएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?