नेप्से परिसूचकमा गिरावट

काठमाडौं : नेप्से परिसूचक पौने १२ अंकले घटेको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार ११.७८ अंकले घटेको शेयर बजार १९६०.३० विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०९ वटा कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ६३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?