दमौली : स्थानीय तह वित्तीय सुशासन जोखि मुल्याङ्कनमा आँबुखैरेनी तनहुँ जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार आँबुखैरेनी ८६.५ अंक प्राप्त गरी जिल्लामै प्रथम भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
मूल्यांकनमा म्याग्दे दोस्रो भएको छ । म्याग्देले ८१ अंक प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको नतिजा उल्लेख गरिएको छ ।
भिमाद नगरपालिकाले ७९ अंक प्राप्त गरेर तेस्रो, व्यास नगरपालिकाले ७१.५ अंक प्राप्त गरेर चौथो, ऋषिङ गाउँपालिकाले ६०.५ अंक प्राप्त गरेर पॉचौ, देवघाट गाउँपालिकाले ५४ अंक प्राप्त गरेर छैटौ, भानु नगरपालिकाले ५३.५ अंक प्राप्त गरेर सातौ र घिरिङ गाउँपालिकाले ५२ अंक प्राप्त गरेर आठौ भएको छ ।
मन्त्रालयले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी समग्र मूल्यांकन गर्ने गर्दछ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?