काठमाडौं : निरन्तर बढ्दै आएको सुनको मूल्यले आज(बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
बुधबार पाँच सयले बढेर तोलाको एक लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ ।
बिहीबार छापावाला सुन तोलाको एक लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन एक लाख २४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्यमा पनि आज एकैदिन ३० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक हजार चार सय ४० रुपैयाँमा झरेको चाँदी आज एक हजार चार सय ७० रुपैयाँ पुगेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?