सत्ता समीकरणले सेयरबजारमा तीव्र उतारचढाव : १३ अंकले वृद्धि

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि गत सोमबारदेखि सेयरबजारमा तीव्र उतारचढाव देखिएको छ।  बजारले सकारात्मक रुपमा लिँदै हरियो  देखाएको छ। पुनले बुधबार राति अर्थ मन्त्रालयको कार्यभार सम्हालेका थिए। बिहीबार बजार परिसूचक नेप्से १३.५१ अंकले बढेको हो।

योसँगै कारोबार रकम पनि ३ अर्ब नाघेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। साताको अन्तिम कारोबार लिन ८९ लाख कित्ता बढी सेयर बिक्री भएको छ।

बिहीबार १७६ कम्पनीको सेयरमूल्य बढ्दा ५९ वटाको घटेको छ। ११ कम्पनीको सेयर भने उही मूल्यमा कारोबार भएको छ।

आज पिपल्स हाइड्रोपावरका लगानकर्ताले १० प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले कम दरमा कमाएका छन्। त्यस्तै गुमाउने लगानीकर्ताले झण्डै ७ प्रतिशतसम्म गुमाएका छन्।

आज एनआरआईसी प्रोमोटर सेयरको ५६ करोडको सर्वाधिक कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?