काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ साथ दिइराख्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो पार्टीका अध्यक्ष माधव नेपाल इमान्दार भएकाले नछाड्न आग्रह गरे।
उनले भने, तपाईँको दायाँबायाँ रहेका अरू पार्टीले साथ दिन्छ दिँदैन थाहा छैन। तर, हाम्रो पार्टीले तपाईँलाई साथ दिइराख्छ। हामी इगो र बदला लिँदैनौँ। तर, ती सहयात्री दलहरूलाई छोडेर चाहिँ किन जानुहुन्छ ? अब चाहिँ यसो नगर्नु होला। बर्बाद भइसकेको छ, दुनियाँ हाँसेको हास्यै छ। तपाईँलाई हामीले अंक पुर्याइदिन सधैँ साथ दिइरहेका छौँ। हामीबाट धोका हुँदैन। अब हामीलाई छोडेर नजानु होला। हामी साथमा छौँ, कति बेला छुट्छौँ थाहा नै पाउँदैनौँ। हाम्रो अध्यक्ष माधव नेपालजस्तो असल, इमानदार मान्छेलाई थाहै नपाईकन गठबन्धन तोडियो। उहाँले सधैँ प्रचण्डको बखान गर्नुभएको छ। सुतिरहेको बेला छुटेको थाहा हुँदैन। कस्तो गजब छ।
नेपाल प्रेस







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?