जलेश्वर महादेव मन्दिर संरक्षण समितिको पाँचौं वार्षिक साधारण

दमौली : तनहुँको व्यास नगरपालिका वडा नम्बर १ धुप खोलामा रहेको जलेश्वर महादेव मन्दिर संरक्षण समितिको पाँचौं वार्षिक साधारण तथा महाशिवरात्री पर्व आज सुरु भएको छ।

उक्त वार्षिक उत्सव तथा महाशिवरात्री पर्वको अवसरमा बोल्दै गण्डकी प्रदेशका सभासद अशोक कुमार श्रेष्ठले विकास निर्माणमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै स्थानीय जनश्रमदान र विकासमा स्थानीय जनताको चासो भयो भने विकासले गतिलिने बताए ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले सामाजिक संघसंस्था तथा धार्मिक संस्थाहरूले समाजमा सकारात्मक र चेतनामूलक सन्देश फैलाएको बताउँदै यस क्षेत्रको विकासमा नगरपालिका लागि परेको बताइन्।

कार्यक्रममा रतौली टोल विकास संस्थाका सदस्य हाल  अमेरिका निवासी डाक्टर रुद्रबहादुर दरै र उनको श्रीमती डाक्टर बिना दरैलाई सम्मान गरिएको थियो ।

सम्मानपछि बोल्दै डाक्टर दरैले आफ्नो जन्मभूमिको मायाँ सधै रहिरहने उल्लेख गर्दै यस क्षेत्रको विकास आफू  सहयोग गर्न तयार रहेको बताए ।

जलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष .सभापति चिजादेवी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम जग्गाक्षताहरु लिलामाया बस्नेत र बस्तीमायाँ श्रेष्ठलाई सम्मान गरिनुका साथै रतौली टोल विकास संस्थाका अध्यक्ष अभिमान सिंह बस्नेत लगायतलाई सम्मान गरिएको व्यास १ का वडा सदस्य मणिजङ बस्नेत , व्यास नपा बोर्ड सदस्य शुलिला दुरा लगायत स्थानिय समासेवीहरुलेले जलेश्वर महादेव मन्दिरको विकासमा जोड दिएका थिए । कार्यक्रमको सहजिकरण समितिका सचिव प्रमिला नेपालीले गरेकी थिइन् ।

उक्त मन्दिरमा आज रातभर बत्ति बाल्ने, भजनकृतन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?