काठमाडौं : नेपाली महिला फुटबल टोलीका सदस्य प्रीति राई र सविता रानामगरलाई आशिका फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।
फाउन्डेसनले शनिवार प्रीति र सवितालाई जनही ५० हजारसहित सम्मान गरेको हो ।
साउदीमा एक साताअघि भएको वाफ वुमन्स फुटबल प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन प्रीति र सविताले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रीतिले सेमिफाइनल र सविताले फाइनलमा गोल गरेकी थिइन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?