रूआले समाज उत्थान समितिकाे अध्यक्षमा सिद्ध बहादुर

दमौली : रूआले समाज उत्थान समितिको अध्यक्षमा सिद्ध बहादुर आले मगर चयन भएका छन् ।

आइतवार दमौलीमा भएको छैटौं भेला तथा तेस्रो अधिवेशनबाट सिद्धकाे अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

समाजको उपाध्यक्षमा भीम कुमारी आले, सचिवमा दुर्गा बहादुर आले र सह- सचिवमा अनुप आले चयन भएका छन् ।

सदस्यहरुमा श्रीबहादुर आले, क्या. पदम बहादुर आले, सुबेदार नर बहादर आले, सकिला आले, रविन्द्र आले ‘रबु’ र  बेल बहादुर आले चयन भएका छन् ।

१०औं रूआले दिवसकाे अवसरमा  रूआले कुलका पहिलो मन्त्री गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले  र  रूआले वंशावली संकलन र लेखनकाे नेतृत्व गर्ने मिछुर्लुङका श्रीराम आलेलाई सम्मान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?