घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ।

यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ। चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?