काठमाडौं : नेकपा एमालेले गत भदौमा निधन भएका एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ।
सुवास नेम्वाङ तत्कालीन संविधानसभाका अध्यक्ष थिए।
सुवासका छोरा सुहाङलाई एमालेका महासचिव शंकर पोखरेलले कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन्।
आगामी वैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा सुहाङ पनि एमालेबाट उम्मेदवारका आकांक्षी छन्।
गत २०७९ साल मंसिरमा भएको आमनिर्वाचनमा सुवास नेम्वाङ नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए। उनको निधन भएपछि उक्त सिट खालि छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?