त्रुटि सच्चाएर टीयुले पुनः निकाल्यो दोस्रो वर्षको परीक्षा तालिका

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर नयाँ तालिका सार्वजनिक गरेको छ ।

यसअघि शुक्रबार निकालेको परीक्षा तालिका सच्चाउँदै नयाँ तालिका सार्वजनिक गरेको हो ।

त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको थियो ।
विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा चैत ३१ गतेका लागि तोकेको थियो ।

तर, २०८० सालको क्यालेन्डरमा चैत ३१ गते नभएपछि चौतर्फी आचोलना भएको थियो । आज त्रिविले उक्त परीक्षा तालिका सच्याउँदै माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा २ गतेलाई सारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?