तनहुँबाट साढे पाँच हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

दमौली :  तनहुँबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा साढे पाँच हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका नियमिततर्फ ५ हजार २ सय ५१ , ग्रेडवृद्धिमा ७८ जना र प्राविधिक धारका एक सय ३३ विद्यार्थी परीक्षाका लागि योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।

जिल्लाको ४ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको पौडेलको भनाइ छ । तनहुँमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा  चैत १५ गते सुरु भई चैत २७ गते सम्म बिहान ८ बजेदेखि  परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?