आरती साहकी सासू रेणु जनकपुरबाट पक्राउ

काठमाडौं : प्रहरीले धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । उनलाई आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ बाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि फागुन २९ गते आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको थियो । सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाइने भनिएको थियो ।

गएको जेठ ७ मा आरती घरमै मृत फेला परेकी थिइन् । उनको माइती पक्षले उनको मृत्यु कुटपिटबाट भएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?