बागलुङमा बस दुर्घटना : सातजनाको मृत्यु, २० घाइते

ढोरपाटन (बागलुङ) : बागलुङको निसीखोला गाउँपालिका–६, जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?