माओवादी पदाधिकारी बैठक बस्दै, उपाध्यक्ष महरा पक्राउबारे छलफल हुने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक केही समयपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सोमबार बिहान प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?