दमौली : राष्ट्रिय भूमि आयोग तनहुँका विज्ञ सदस्य विष्णुबहादुर खड्का पदभार ग्रहण गरेको ११ दिनमै पद मुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेसंगै उनको पद पनि मुक्त भएका हुन् ।
गत फागुन २७ गते आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले खड्कालाई शपथग्रहण गराएका थिए । खड्का गत फागुन ११ गते नेकपा एकीकृत समाजवादीवाट विज्ञ सदस्यमा नियुक्त भएका थिए ।
आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?