माओवादी उपाध्यक्ष महरा थुनामुक्त

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ । नौ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका थिए ।

सरकारी वकिल कार्यालयले दिएको जानकारीअनुसार उनलाई हाजिर जमानीमा छाडिएको हो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार महराको स्वास्थ्यको कारण उनका छोरा निर्मलको जिम्मा जमानीमा छाडिएको हो ।

महराको बयान बिहीबार नै सकिएको थियो । महराको बयान बिहीबार नै सकिएको थियो । पक्राउ परेलगत्तै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालबाट लगेर महराको बयान लिइएको थियो ।

स्रोतले दिएको जानकारीअनुसार महराले इन्कारी बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?