एमालेलाई समाजवादी मोर्चामा ल्याउन पहल

काठमाडौं : एमालेलाई समाजवादी मोर्चामा आबद्ध गराउन पहल सुरु भएको छ।

समाजवादी मोर्चाको संयोजकसमेत रहेका नेकपाका महासचिव विप्लवले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर मोर्चामा सहभागी हुन आग्रह गरेका छन्।

जवाफमा ओलीले आफूहरुले विचार गर्ने बताएका छन्।

शुक्रबार बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकमा पनि एमालेलाई सहभागी गराउने विषयमा कुराकानी भएको छ। सहभागी एक नेताका अनुसार विप्लवले ओलीसँग भएको कुराकानी बैठकमा ब्रिफिङ गरेका थिए।

कांग्रेससहितको सत्ता गठबन्धन हुँदा माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा सम्मेलित मोर्चा बनेको थियो। सत्ता गठबन्धनमा एमाले आएसँगै उसलाई पनि मोर्चामा ल्याउने विषयमा ठोस रुपमा पहल सुरु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?