दमौली : नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईले पराशर पार्कको सरसफाई गर्नका लागि सरसफाई प्रतियोगिता गरिएको छ ।
शनिवार पार्कमा आयोजना गरेको वनभोज तथा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा सरसफाई प्रतियोगिता गरेको मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका अध्यक्ष सोन आले मगरले जानकारी दिए ।
सम्पदा क्षेत्रको सरसफाइ तथा वातावरण र पर्यावरणप्रति सचेतना जगाउने मूल उद्देश्यसहित आयोजना गरेको कार्यक्रममा द नेक्स्ट एजुकेसन कन्सलटेन्सी प्रालिले प्रायोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी चार समुहलाई कन्सलटेन्सीले पुरस्कृत गरिएका छन् ।
उक्त कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, मगर विद्यार्थी संघ केन्द्रीय सदस्य बुद्ध गर्जा मगर, व्यवस्थापन विभागका विभागीय प्रमुख रामभक्त घिमिरे, उप-प्राध्यापक जनक काफ्ले, बिबिए निर्देशक दीपा थापा, स्ववियु सभापति गौरव पन्थ , सचिव अनुप आले मगर,मगर विद्यार्थी संघ जिल्ला कार्यसमितिका पदाधिकारी लगायत क्याम्पस गठित विभिन्न क्लवका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?