गायिका रचना रिमालको ‘चाहान्छु ५’ बोलको गीत सार्वजनिक

काठमाडौं : सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको ‘ चाहान्छु ५’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायिका रचना रिमालको स्वर रहेको छ ।

उक्त गीतमा सरोज पोख्रेलको शब्द तथा संगीत रहेको छ । उक्त गीतको भिडियोमा कमल सिंह, गुराँस ढकाल, झलक मणी अधिकारी र रिना ढकालको अभिनय रहेको छ ।

उक्त गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन र राकेश दाहालको सम्पादन / कलर रहेको छ ।

त्यस्तै, गीतको एरेन्ज दिवेश राईले गरेका छन, भने रेकर्डिस्टमा राकेश श्रेष्ठ रहेका छन । उक्त गीतको मिक्स / मास्टरिङमा किशोर थापा रहेका छन । भिडियोमा श्रृङ्गार पुनम चौधरीले गरेका छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?