नयाँ बर्षमा मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता

दमौली : गाउँलाई चिनाउन र संस्कृति संरक्षण गर्न नयाँ बर्षमा तनहुँको भिमाद ५ मिछुर्लुङ्गमा खुल्ला मौलिक कौराहा प्रतियोगिता हुुने भएको छ ।

आइतबार मगर लाफा भिलेजमा पत्रकार सम्मेलन गर्दै  “नयाँ बर्ष मनाउन मिछुर्लुङ्ग जाऔ, कला, संस्कृति र प्रकृतिमा रमाऔ ”भन्ने मूला नारा सहित मिछुर्लुङ्ग गाउँमा पर्यटक भित्रियाउन र संस्कृति संरक्षण गर्न खुल्ला मौलिक कौराहा प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

मिछुर्लुङ्ग विकास समिति आयोजना र मिछुर्लुङ्ग सांस्कृति समुहको सहआयोजनामा २०८१ बैशाख १ गते उक्त कौराहा प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नरेन्द्र थापाले बताए ।  “नयाँ बर्षमा पर्यटक बोलाउन र संस्कृति संरक्षण गर्न गाउँमा कौराहा प्रतियोगिता गर्न लागिएको हो,” उनले भने, “यसले मिछुर्लुङ्गमा पर्यटकीय गतिविधीलाई चलायमान बनाउने विश्वास लिएका छौ ।”

खुल्ला मौलिक कौराहा प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार, दोस्रो हुने टिमले नगद ५० हजार, तेस्रो हुने टिमले नगद २५ हजार र सन्त्वना हुने दुई टिमले नगद दश /दश हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक महेन्द्र आले बताए । प्रवास र नेपालमा रहेको व्यक्तिहरुको आर्थिक सहयोगबाट कार्यक्रम व्यवस्थापन गर्ने तयारी रहेको छ ।

संस्कृतिको संरक्षण र गाउँ पर्यटन प्रर्वद्धन गरी आन्तरिक पर्यटक भित्रियाउन कार्यक्रमले टेवा पु¥याउने विश्वास छ ।याँ बर्ष मनाउन आउने पर्यटकलाई मिछुर्लुङ्ग सामुदायिक होमस्टेले आर्गनिक खाना परिकारको व्यवस्था गर्नेछ ।

साथै सोही अवसरमा लोकदोहोरी क्षेत्रमा ख्याती प्राप्त लोकदोहोरी गायक राजु परियार र चर्चित लोकदोहोरी गायिका शिला आलेको सांगितिक प्रस्तुती रहने छ ।

कौराहा प्रतियोगिताले मगर समुदायको संस्कृति संरक्षण गर्न र गाउँमा आन्तरिक पर्यटकको आगमनमा सहयोग पुग्नेछ ।प्रतियोगिता प्रतियोगि मात्र नभई संस्कृति संरक्षणमा सहयोग हुने भएकाले खुल्ला मौलिक कौराहा प्रतियोगितामा टिम सहभागी हुने उनले अनुरोध समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?