शर्मिला वाइबालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : भाइरल शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । हाँस्यकलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट तथा ब्ल्याकमेल गरेको आरोपमा उनी पक्राउ परेकी थिइन् ।

अदालतले वाइबालाई ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको हो ।

म्याकुरीको उजुरीपछि प्रहरीले वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । वाइबाले म्याकुरीकी श्रीमती सुन्निमा खालिङसँगको एक अन्तर्वार्ता पनि सार्वजनिक गरेकी थिइन् ।

जसमा म्याकुरीमाथि आरोपहरू लगाइएको थियो । म्याकुरीले यही प्रकरणमा वाइबाले २५ लाख रुपैयाँ मागेर ब्ल्याकमेल गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?