
काठमाडौँ : द भ्वाइस अफ नेपाल सिजन ५ का फस्ट रनरअप मकरबहादुर योञ्जको ‘भगवान हुन्छ रे मायामा’ भन्ने बोलको गीत सार्वजनिक भएको छ।
मकर योञ्जन र रोजिना बस्नेतको आवाजमा रहेको गीत सोमबार निलम किरियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
मकर र रोजीना दुबै भ्वाइसको प्रतिस्पर्धामा थिए। मकर फस्ट रनरअप भएका हुन् भने रोजिना नकआउट राउन्डमा पुगेर बाहिरिएकी थिइन्।
उक्त गीतको कम्पोज ताराप्रसाद लिम्बुले गरेका छन् भने मकर र रोजिना आफैले अभिनय गरेका छन्। यस गीतको सम्पादन अनिल रानाले गरेका छन्।
करिब २० वर्ष भारतमा संगीत सिक्दै २ हजारभन्दा बढी लाइभ कन्सर्ट गरेका मकरको यो तेस्रो गीत हो। नेपाल आएपछि अहिलेसम्म ३ गीत गाएको र अब चाैथाे गीत पनि मंगलबार सार्वजनिक हुने मकरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?