उपनिर्वाचन : इलाम–२ का लागि माओवादीबाट चारजनाको नाम सिफारिस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ । माओवादी कोसी प्रदेश कमिटीले चारजनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिए ।

इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २४ गते उमेदवारी दर्ताको कार्यतालिका छ ।

केन्द्रमा माओवादीले एमालेका उमेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?