इलाम–२ मा रास्वपाबाट मिलन लिम्बु बने उमेदवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ का लागि मिलन लिम्बुलाई उमेदवार बनाएको छ ।

प्रारम्भिक उमेदवारको सूचीमा रहेका ६ जनामध्ये पाँचजनाले उमेदवारी फिर्ता लिएपछि लिम्बु उमेदवार बनेका हुन् ।

प्रारम्भिक उमेदवारको सूचीमा लिम्बुसहित गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र डा. शेषरमण न्यौपाने थिए ।

आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा उपनिर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?