दाहाल, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार साँझ भएको भेटमा संसद्‌, संक्रमणकालीन न्याय र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नतालाई लिएर संसद्‌ अवरुद्ध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संवैधानिक परिषद् बैठक पनि आइतबार बिहानै डाकिएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन छ । यी विषयहरुमा छलफल गर्न प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता र एमाले अध्यक्ष ओलीलाई बोलाएका हुन् ।

काठमाडौंमा शनिबार एक कार्यक्रममा दाहालले सबै राजनीतिक दललाई राष्ट्रिय मुद्दामा मिलाएर लैजाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?