राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ

काठमाडौं : गायक राजेशपायल राई पक्राउ परेका छन्। उनीसहित ६ जनालाई प्रहरीले काठमाडौंको देविनगरस्थित मदन भण्डारी कलेज नजिकैबाट पक्राउ गरेको हो।

गएराति २ बजे मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?