दमौली : वैदिक पुरोहित समाज तनहुँको पहिलो वार्षिक भित्ते पात्रोको सार्वजनिक गरिएको छ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिहिबार उक्त पात्रको सार्वजनिक गर्दै सबै तिथि, शुभ मुहर्त , अग्नि , वास्तु चक्र लगायत जुर्ने दिन घडीपला समेत समेटेर शुद्ध पात्रोको अभावलाई यसले परिपूर्ति गर्ने बताउँदै पात्रोले सबै खाले कर्मकाण्डलाई एकरूपतामा बाँध्ने विश्वास गरे ।
कार्यक्रममा व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्य , वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले , पुरोहित समाजका संस्थापक उपाध्यक्ष देवराज भट्टराई , सचिव श्रीभद्र न्यौपाने लगायतले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रोको बहु उपयोगिताका बारे चर्चा गरेका थिए ।
कार्यक्रम वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?