काठमाडौं : काठमाडौंस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
सोमबार साँझ आगलागीस्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले समिति बनाएर छानबिन गर्न सुझाव दिएका थिए ।
आइतबार अपराह्नतिर भएको आगलागी विद्युत् सर्ट भएर हुन सक्ने आशंका गरिएको छ । आगो नियन्त्रणमा लागि नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार स्टोरमा देशभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?