राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

काठमाडौं : सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको बताए।

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन्। उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भनेपनि उनका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?