नयाँ वर्षको पहिलो दिन छाब्दी वाराही मन्दिरमा भक्तजनको घुइँचो

दमौली : तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरमा नयाँ वर्षको पहिलो दिन शनिबार तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिरमा दर्शनकोलागि हजारौं भक्तजन पुगेका छन्  ।

उक्त मन्दिरमा र्दशन र पुजाको लागि शनिबार बिहानैदेखि भक्तजनहरुको बाक्लो भीड लागेको थियो ।

छाब्दी बाराही विकास कोषका अनुसार नयाँ वर्षको पहिलो दिन शनिबार छाब्दी मन्दिरमा करिब २० हजार भक्तजन आएका थिए । कोषका अध्यक्ष थानबहादुर थापा (प्रेम)ले २० हजार भन्दा बढि भक्तजन शनिबार छाब्दी बाराही मन्दिरको दर्शनको लागि आएको बताए ।

भक्तजनको बाक्लो भिड लागेपछि व्यवस्थापनकोलागि प्रहरी र स्वयंसेवकलाई हम्मे हम्मे भएको थियो । विहान ९ बजे मन्दिर पुगेका भक्तजनले दिउँसो २ बजेपछि मात्र पुजाको पालो आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?