मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन्। उनले विपक्षी सांसदको बहिष्कारका बीच ६१ जना सांसदको समर्थन पाएका हुन्।

मुख्यमन्त्री यादवले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ सांसदको विश्वास पाए। प्रदेश सभाको कुल १०७ सदस्य सङ्ख्याको बहुमत अर्थात् ५४ जना सांसदको मत पाउनुपर्ने थियो। तर उनले त्यो भन्दा बढी ६१ सांसदको मत पाएका हुन्।

विश्वासको मत लिने प्रक्रियामा ६१ जनाले भाग लिएको र उनीहरू सबैले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।

प्रदेश सभाको बैठक लोकतान्त्रिक प्रक्रिया अनुसार सञ्चालन गर्न सभामुख चुकेको भन्दै कांग्रेस, जनमत र लोसपाका सांसदले सदन बहिष्कार गरेका थिए।

त्यसअघि विपक्षी सांसदले राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै लफडा निकालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?