इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्दै अघि बढ्ने बताएका छन् ।
बिहीबार उपनिर्वाचनलाई लक्षित गरेर आयोजित इलाम संवाद कार्यक्रममा वाग्लेले अहिलेको व्यवस्थामाथि टेकेर रगत नबगाएर शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्ने बताएका हुन् ।
उनले रास्वपाको संख्या र सामर्थ्य पुगेको दिन मुलुकको प्रादेशिक ढाँचालाई परिवर्तन गरेरै छाड्ने समेत बताए ।
वाग्लेले रास्वपालाई सहअस्तित्व र पारस्पारिक सम्मानका आधारमा सबै नेपालीहरू अटाउने पार्टी बनाएको पनि बताए । सामाजिक न्यायसहितको अर्थतन्त्रमा विश्वास गर्ने पार्टी रास्वपामात्रै भएको उनको भनाइ छ ।
त्यस्तै, उनले साक्षरता र प्रतिव्यक्ति आय राम्रो भएको जिल्लामा इलाम पर्ने भए पनि अपेक्षित फड्को मार्न नसक्नुको कारण कुशासन भएको तर्क गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?